काभा महिला भलिबल-२०२६ को ड्र सार्वजनिक, नेपाल पोल ‘ए’ मा

Thankot Times

थानकोट ।

नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ ८ गतेदेखि सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल पोल ‘ए’मा परेको छ ।

मंगलबार नेपाल भलिबल संघले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै नेपाल पोल ‘ए’मा परेको हो ।

समूहमा नेपालले कीर्गिस्तान, भारत र माल्दिभ्सलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ ।

कुल आठ राष्ट्र सहभागी यो प्रतियोगिताको पोल ‘बी’मा भने इरान, काजाकस्तान, श्रीलंका र बंगलादेश छन् ।

प्रतियोगिताको औपचारिक उद्घाटन जेठ ८ मै काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।

तालिका अनुसार, नेपालले पहिलो खेल भारतसँग खेल्ने छ ।

यी दुईबीचको खेल जेठ ८ गते दिउसो ३:३० मा हुनेछ ।

‘लिग कम नकआउट’ प्रणालीअनुसार सञ्चालित यो प्रतियोगिता समूहका दुई शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *