त्रिभुवन पार्क विकास समितिको अध्यक्षमा थानकोटका चन्द्रबहादुर गोपाली नियुक्त
थानकोट ।
बागमती प्रदेश सरकारले थानकोटस्थित त्रिभुवन पार्कको अध्यक्षमा चन्द्रागिरि नगरपालिका थानकोटका चन्द्रबहादुर गोपालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको प्रदेश सरकारको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए।










