एसियन गेम्स छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा
थानकोट ।
नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स छनोट र एसीसी महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले बुधबार इन्दु बर्माको कप्तानीमा महिला टोलीको घोषणा गरेको हो ।
टोलीको उपकप्तानमा पूजा महतो, विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता रानमगर, अनु कठायत, मनिषा उपाध्यक्ष, रुविना क्षेत्री, सोनी पाख्रिन र सिमाना केसी छन् ।
सोनीले टोलीमा पुनरागमन गरेकी छन् । यस्तै टोलीका सावित्री धामी, सोमु विष्ट, सना प्रविण र लक्ष्मी साउदलाई वैकल्पिक खेलाडीको रूपमा समावेश गरिएको छ ।
एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ तारिख सम्म र एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ तारिखसम्म हुनेछ ।










