नगर प्राथमिक अस्पतालमा डायलासिस सेवा तत्काल सुरु हुने सम्भावना छैन्- मेयर घनश्याम गिरी

Thankot Times

थानकोट ।

थानकोटस्थित चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा डायलासिस सेवा तत्काल सुरु हुने सम्भावना टरेको छ ।

 मेयर घनश्याम गिरीका अनुसार अस्पतालले डायलासिस गर्ने स्वीकृत लिने काम बाँकी रहेकोले तत्काल सो सेवा प्रदान गर्ने सम्भावना नरहेको बताएका हुन् ।

गत असार १८ गते चन्द्रागिरि नगरपालिका, लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ र लायन्स क्लब अफ काठमाडौं ग्लोबल लगायतका संस्थाहरूको सहयोगमा करिब १ करोड ७८ लाख रुपैंयाको लागतमा ७ वटा डायलसीस उपकरण अस्पतालमा स्थापना गरिएसँगै नगर अस्पतालमा डायलसीस सेवा प्रदान गर्न आधार तय भएपनि प्रशासनिक प्रकृया पूरा नहुँदा सेवा सुरु हुन नसकेको हो ।

अब ती उपकरण प्रयोग गरी सेवा प्रदान गर्न चन्द्रागिरि नगर कार्यपालिकाले बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालसँग समन्वय गर्ने निर्णय गरेको नगरप्रमुख गिरीको भनाइ छ ।

हाल चन्द्रागिरि नगर अस्पतालमा १५ शैया सञ्चालनमा छन भने, प्रयोगशाला, २४सै घण्टा आकस्मिक कक्ष सेवासहित बर्थिङ सेवा, विभिन्न रोगका विशेषज्ञ सेवा उपलब्ध भइरहेको छ ।

नगर अस्पतालको क्षमता वृद्धि गर्न हाल सो स्थानमा नयाँ भवन निर्माण भइरहेको छ जुन भवन यही असार मसान्तभित्र निर्माण भइसक्ने नगरप्रमुख गिरीको भनाइ छ । यसैगरी अस्पताल हातानजिकै जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा करिब एक अर्बमा लागतमा परोपकार प्रसुति एवं स्त्रीरोग अस्पताल निर्माण सुरु हुने चरणमा रहेको छ । ।

थानकोट अस्पतालमा डायलाइसिस सेवा सुरु हुँदै, एकैसाथ ७ वटा डायलाइसिस मेसिन उपहार

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *