सुनको भाउ आजपनि उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?
थानकोट ।
नेपाली स्थानीय बजारमा बिहीबार (वैशाख २४) पनि सुनचाँदीको भाउ बढेको छ ।
सुनको मूल्य तोलामा एक हजार ८०० र चाँदी १०५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९८ हजार ६०० रुपैयाँ कायम छ । चाँदीको मूल्य तोलाको पाँच हजार १५५ रुपैयाँ कायम भएको छ ।
बुधबार (वैशाख २३) छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
मंगलबार (वैशाख २२) एक तोला छापावाल सुन दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस










