आईसीसी विश्वकप लिग-२ शृंखलाका लागि नेपाली टोली घोषणा, इशान पहिलोपटक राष्ट्रिय टोलीमा

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघले आईसीसी विश्वकप लिग २ शृंखलाअन्तर्गत अमेरिका र स्कटल्यान्डसँग खेल्ने राष्ट्रिय टोलीको घोषणा गर्दा इशान पाण्डेले स्थान बनाएका छन् ।

इशान टोलीमा भित्रँदा बसिर अहमदले भने शृंखला गुमाउने भएका छन् ।

लिग २ शृंखला आउँदो मंगलबार (वैशाख २९)देखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरु हुँदै छ ।

स्कटल्यान्ड र अमेरिका काठमाडौंको मौसमसँग घुलमिल हुन यहाँ नेपाल ‘ए’सँग अभ्यास खेल खेलिरहेका छन् ।

सोहीक्रममा नेपाल ‘ए’बाट इशानले ब्याटिङमा प्रभावकारी इनिङ खेलेका थिए ।

नेपाली टोलीको ब्याटिङमा समस्या देखिइरहेका बेला प्रशिक्षक स्टुअर्ट लले इशानलाई टोलीमा राखेका छन् ।

राष्ट्रिय टोलीमा उनको आगमनसँगै नेपाली टिमको ब्याटिङ विकल्प अझ बलियो बन्न पुगेको छ ।

प्रशिक्षक लले यसअघि अर्जुन कुमाललाई टोलीमा स्थान दिइसकेका छन् ।

भेट्रान विनोद भण्डारी पनि टोलीमै नै छन् ।

बसिर अहमदले यूएई र ओमानविरुद्धको खेलमा ठिकठाक प्रदर्शन गरेका थिए । तर, प्रशिक्षक लले इशानमा बढी विश्वास देखाएका हुन् ।

नेपाली टोली–
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, विनोद भण्डारी, भीम सार्की, आरिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, गुलसन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र ललितनारायण राजवंशी ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *