एसइई-२०८२: सतुङ्गलस्थित एआई स्कुलका शिवानी, जेनी र शिक्षाले प्राप्त गरे ४ जीपीए

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सोमबार राति प्रकाशित भएको छ ।

गतवर्ष चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो । सोमबार सार्वजनिक नतिजाअनुसार, २०८२ सालमा सञ्चालित एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् ।

नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन् ।

त्यस्तै, जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना, जीपीए २.० देखि २.४ सम्म पाँच हजार १९० जना, जीपीए १.६ देखि २.० सम्म सातजना वर्गीकृत भएका छन् ।

परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका थिए ।

नतिजा प्रकाशन भएसँगै सम्बन्धित विद्यालयहरूले आ-आफ्नो विद्यार्थीले प्राप्त गरेको नतिजा सार्वजनिक गर्ने क्रम जारी छ ।


प्राप्त विवरण अनुसार चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलस्थित एआई स्कुल ४८ परीक्षार्थी मध्ये ३ जनाले ४.० जीपीएको कोशेढुङ्गा भेटेका छन् ।

विद्यालयका प्रधानाध्यापक दिपक महर्जनले दिएको जानकारी अनुसार ४.० जीपीए ग्रेडिङ प्राप्त पर्ने परीक्षार्थीहरूमा शिवानी कुमारी शाह, जेनी प्रधान र शिक्षा पाैडेल रहेका छन् ।

प्रधानाध्यापक महर्जनका अनुसार सो विद्यालयका २८ जना विद्यार्थीले ३.६०-४.० सम्मको नतिजा आत्मसाथ गर्दा १६ जना विद्यार्थीले ३.२० देखि ३.६० सम्मको ग्रेडिङ पाएका छन् ।

४ जना विद्यार्थीले २.५५ देखी ३.२० जीपीए प्राप्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *