एसइई-२०८२: नयाँ नैकापस्थित मंगल माविका २४ मध्ये २१ जना विद्यार्थी उत्तीर्ण
थानकोट ।
सोमबार (बैशाख २८ गते) सार्वजनिक भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार चन्द्रागिरि नगरपालिका वडा नं.१४ नयाँ नैकापस्थित मंगल माविको नतिजा अघिल्लो वर्षको तुलनामा सुध्रिएको छ ।
गतवर्ष यस विद्यालयबाट परीक्षामा सहभागी भएका २४ जना विद्यार्थी मध्ये २१ जना उत्तीर्ण भएको चन्द्रागिरि नगर शिक्षा शाखाले जनाएको छ ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षामा यस विद्यालयबाट २५ जना सहभागी भएकामा १५ जना उत्तीर्ण भएका थिए ।
शैक्षिक वर्ष २०८१ को तुलनामा वर्ष २०८२ को नतिजा २७.५ प्रतिशतले सुधार भएको हो ।
एसइई-२०८२: चन्द्रागिरिका २ सामुदायिक विद्यालयलाई १००% सफलता, कंकालीका आभाषलाई ४ जीपीए










