एसइई-२०८२: कंकाली माविका ८९ मध्ये ४३ जना विद्यार्थी उत्तीर्ण, आभाषलाई ४ जीपीए प्राप्त

Thankot Times

थानकोट ।

सोमबार (बैशाख २८ गते) सार्वजनिक भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार चन्द्रागिरि नगरपालिका वडा नं.१३ पुरानो नैकापस्थित कंकाली माविको नतिजा अघिल्लो वर्षको तुलनामा केही खस्किएको छ ।

गतवर्ष यस विद्यालयबाट परीक्षामा सहभागी भएका ८९ जना विद्यार्थी मध्ये ४३ जना उत्तीर्ण भएको चन्द्रागिरि नगर शिक्षा शाखाले जनाएको छ । यस विद्यालयका आभाष सुवेदीले ४ जीपीए प्राप्त गरेका छन् ।

उनी सो विद्यालयको प्राविधिक धारका नियमित विद्यार्थी भएको बताइएको छ । चन्द्रागिरिका सामुदायिक विद्यालयबाट यसवर्ष ४ जीपीए प्राप्त गर्ने उनी एक्ला परीक्षार्थी हुन् ।

२०८१ सालको माध्यमिक शिक्षा परीक्षामा यस विद्यालयबाट ७५ जना सहभागी भएकामा ५९ जना उत्तीर्ण भएका थिए ।

यस विद्यालयको शैक्षिक वर्ष २०८१ को तुलनामा वर्ष २०८२ को नतिजा ३०.३६ प्रतिशतले खस्किएको छ ।

एसइई-२०८२: चन्द्रागिरिका २ सामुदायिक विद्यालयलाई १००% सफलता, कंकालीका आभाषलाई ४ जीपीए


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ