रास्वपाकाे विधेयक मन्थन विभाग उपप्रमुखमा संजिव भट्टराई नियुक्त

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधेयक मन्थन विभागको उपप्रमुखमा संजिव बल्लभ भट्टराईलाई नियुक्त गरेको छ ।

बुधबार एक कार्यक्रमबीच पार्टी सभापति रवि लामिछानेले भट्टराईलाई नियुक्ति पत्र प्रदान गरेका थिए ।

विधेयक मन्थन विभाग रास्वपाले नीति र कानुन निर्माण प्रक्रियालाई व्यवस्थित तथा लोकतान्त्रिक बनाउन गठन गरेको एक विशेष दलीय विभाग हो । नेपाली राजनीतिक इतिहासमै दलीय स्तरमा कानुनको दफावार समीक्षा र जनसहभागिता जुटाउन यो प्रकृतिको विभाग पहिलोपटक अभ्यासमा ल्याइएको हो ।

विभागका मुख्य कामकारबाही तथा उद्देश्यमा संसदमा दर्ता भएका वा आउन लागेका विभिन्न सरकारी तथा गैर-सरकारी विधेयकमाथि पार्टीका सांसद, नेता र सरोकारवालासँगै बसेर गहन छलफल तथा दफावार समीक्षा गर्ने, कानुन निर्माणको प्रक्रियामा केवल नेताहरूको मात्र निर्णय नभई सम्बन्धित क्षेत्रका विज्ञ, नागरिक, विद्यार्थी र प्रभावित हुने वर्गको राय र सुझाव संकलन गर्ने र संकलित सुझाव र मन्थनका आधारमा संसदमा विधेयकहरूलाई जनमुखी बनाउन के-कस्ता बुँदाहरू परिमार्जन वा संशोधन गर्नुपर्छ भनी पार्टीका तर्फबाट आधिकारिक संशोधन प्रस्ताव तयार गर्ने र सांसदहरू मार्फत संसदमा दर्ता गराउने रहेका छन् ।

यस विभागका प्रमुख गणेश कार्की रहेका छन, उनी राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति पनि हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *