चलचित्र जाँच समिति (सेन्सर बोर्ड) सदस्यमा मनोज पण्डित नियुक्त

Thankot Times

थानकोट ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त भएका छन् ।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले समितिकाे सदस्यमा पण्डितलाई नियुक्त गरेका हुन् ।

सरकारले केहीदिनअघि ल्याएको अध्यादेशका कारण सेन्सर बोर्डका तीन जना सदस्य पदमुक्त भएका थिए । उक्त रिक्त पदमा पण्डित नियुक्त भएको मन्त्रालय एक कर्मचारीले जानकारी दिए ।

ती कर्मचारीका अनुसार पण्डितले नियुक्तिको पत्र बुझिसकेका छन् । उनले आजै पत्र बुझेका हुन् ।

अन्य दुईवटा पदमा भने नियुक्त भइसकेको छैन ।

लामो समयदेखि चलचित्र निर्देशनको क्षेत्रमा काम गरेका पण्डित अघिल्लो सरकारले ल्याएको चलचित्र विधेयकको विरोधको नेतृत्व पनि गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ