काभा च्याम्पियनसिपः नेपाली टोली घोषणा, निरुताले कप्तानी गर्ने

Thankot Times

थानकोट ।

नेपालमा हुने काभा महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

शनिबार (जेठ २) मुख्य प्रशिक्षक जगदीश भट्टले निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेका हुन् ।

प्रतियोगिता यही जेठ ८ देखि १५ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछ । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, काजखास्तान, कीर्गिस्तान र इरान गरी आठ राष्ट्रको सहभागिता रहनेछ ।

टोलीको कप्तान यसअघि अरुणा शाही थिइन् । तर, उनी विदेश गएपछि नेपाल भलिबल संघ (एनभीए)ले ठगुन्नालाई कप्तानको जिम्मेवारी दिएको हो ।

पहिलोपटक कप्तानी जिम्मेवारीमा रहेकी ठगुन्नासामु सन् २०१९ र २०२२ को च्याम्पियन नेपाललाई घरेलु मैदानमा उपाधि जिताउने चुनौती छ ।

नेपाली टोली–
निरुता ठगुन्ना, उषा भण्डारी, मीना सुनार, सलिना बुढामगर, कामना विष्ट, रीमा कुँवर, सलिना श्रेष्ठ, वसन्ती साउद, सुमित्रा रेग्मी, सुनीता खत्री, एलिसा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *