भोलि आइतबार विष्णुदेवी-मत्स्यनारायण कलश यात्रा हुँदै

Thankot Times

थानकोट ।

तीनथानास्थित विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजको आयोजनामा भोलि (जेठ ३ गते) आइतबार  ‘श्री विष्णुदेवी–मत्स्यनारायण कलश यात्रा’ हुने भएको छ।

विष्णुप्रिय महिना पुरुषोत्तम मासको सुरु भएको अवसरमा उपलक्ष्यमा आध्यात्मिक जागरण पैदा गर्ने, धर्म संस्कृतिको संरक्षण गर्ने तथा समाजमा शान्ति स्थापना गर्ने पवित्र उद्देश्यका साथ उक्त यात्रा आयोजना गर्न लागिएको बताइएको छ ।

आयोजकका अनुसार पुरुषोत्तम महात्म्य कथाको प्रारम्भमा मत्स्यनारायणमा जलार्पण गर्नका लागि यो कलश यात्रा निकाल्न लागिएको हो। उक्त कलश यात्रा बिहान ७ बजे विष्णुदेवी मन्दिर परिसर, तीनथानाबाट सुरु भई मत्स्यनारायण मन्दिरसम्म पुग्ने कार्यक्रम तय गरिएको छ।

समाजले यस पावन धार्मिक एवं सांस्कृतिक अनुष्ठानमा सम्पूर्ण श्रद्धालु भक्तजन, स्थानीय बासिन्दा तथा धर्मानुरागीहरूलाई कलश यात्रामा सहभागी भई पुण्य कमाउन हार्दिक निमन्त्रणा समेत गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *