राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने
थानकोट ।
संघीय संसद्अन्तर्गत आज सोमबार राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठक दिउसो १: १५ बजे बस्नेछ ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।











