ब्राइट फ्युचरका नवआगतन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयमा यस शैक्षिक वर्षमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि लक्षित गरि आयोजित अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । 

विद्यालयकै सूचना-प्रविधि कक्षमा आयोजित उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य दयाराम थापा, ब्राइट फ्युचर माविका अध्यक्ष मोहनकुमार कार्की, प्रमुख लेखक एवं उत्प्रेरक अतिथि सिंह लाम, चन्द्रागिरि नगरपालिका वडा नंं १४ का वडाध्यक्ष राजभाइ महर्जन, ब्राइट फ्युचर माविमा कक्षा ११ र १२ का प्रमुख श्यामकृष्ण महर्जनलगायतको उपस्थिति रहेको विद्यालयले जनाएको छ ।

सो कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि लामाले वर्तमान समयसँग सान्दर्भिक प्रेरणादायी मन्तव्य राख्दै विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गरी उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न उत्साहित बनाए ।

 यस्तै, उक्त विद्यालयका संस्थापक प्राचार्य दयाराम थापाले जीवनमा सफलता हासिल गर्न मेहनत, अनुशासन र सकारात्मक सोचको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विद्यार्थीहरूलाई लक्ष्यप्रति समर्पित भएर अगाडि बढ्न प्रेरित गरेका थिए ।

विद्यालयका अध्यक्ष मोहनकुमार कार्कीले ब्राइट फ्युचर माविले विद्यार्थीहरूको शैक्षिक, व्यक्तिगत तथा नेतृत्व विकासका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्यालयले गुणस्तरीय शिक्षासँगै खेलकुद, नेतृत्व विकास, सूचना प्रविधि तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा समेत विशेष जोड दिँदै आएको जानकारी दिए । यस्तै, चन्द्रागिरि वडा नंं १४ का वडाध्यक्ष राजभाइ महर्जनले समेत सो कार्यक्रममा आफ्नो भनाइ राखेका थिए । 

यसैगरी ब्राइट फ्युचर दश जोड २ प्रमुख महर्जनले विद्यार्थीहरूलाई कक्षा सञ्चालन समय, शैक्षिक क्यालेन्डर, विद्यालयका नीति–नियम तथा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको पाठ्यक्रमबारे विस्तृत जानकारी गराउँदै सफल शैक्षिक यात्राका लागि आवश्यक मार्गदर्शन प्रदान गरेको बताइएको छ ।

अभिमुखीकरण कार्यक्रमले नवप्रवेशी विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, नीतिनियम तथा अवसरहरूबारे स्पष्ट जानकारी प्रदान गर्नुका साथै उनीहरूमा नयाँ उत्साह, आत्मविश्वास र जिम्मेवारीबोध जगाउन महत्वपूर्ण भूमिका खेलेको विद्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । विद्यालयको कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, खेल विज्ञान विषय अध्ययन अध्यापन हुने विद्यालयले जनाएको छ। 

सो विद्यालयमा पूर्व प्राथमिक तहदेखी कक्षा १२ सम्म करिब २ हजार जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

एआई प्रविधिबाट सम्पादन गरिएको तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ