प्याब्सन अन्तर विद्यालय वक्तृत्वकलामा ब्राइट फ्यूचरकी दिप्ती उत्कृष्ठ १० मा

Thankot Times

थानकोट ।

निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सनले आयोजना गरेको प्याब्सन अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

प्रतियोगितामा सहभागी ४५ विद्यालयका प्रतियोगिहरूमध्ये लालिगुराँस नेशनल एकेडेमीकी जोहन्ना केसी पहिलो भएकी छन् ।

कृत्रिम बुद्धिमताः अवसर र चुनाैति विषय सो प्रतियोगितामा नैकापस्थित ब्राइट फ्यूचर माविकी छात्रा दिप्ती दाहालले साताैं स्थान प्राप्त गरेको बताइएको छ ।

उनी गत साता प्याब्सन चन्द्रागिरि नगरले आयोजना गरेको अन्तर पालिका वक्तृत्वकलामा पहिलो हुँदै जिल्ला स्तरिय प्रतियोगिताका लागि छनोट भएकी थिइन् ।

प्याब्सन काठमाडौँ जिल्लाको आयोजना तथा प्याब्सन नागार्जुन नगरको संयोजनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ