चन्द्रागिरिका जनप्रतिनिधिसहित गुठीयारहरूले आज बुधबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका गुठियारहरूले आज बुधबार वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथ एवं मीननाथको रथ तान्ने भएका छन् ।

सो कार्यका लागि चन्द्रागिरि नगरबाट हरेक वडाबाट सवारी साधनको व्यवस्था गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

चन्द्रागिरि नगरपालिकाले बुधबार सवारी साधन रिजर्भ गरेर गुठीयारहरूलाई ललितपुर लाने तयारी गरेको हो।

जसका लागि वडागत रुपमा गाडीको व्यवस्था भएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

रथ तान्न जाने टोली अपरान्ह १ः३० बजे ललितपुर प्रस्थान गर्ने र बेलुकी ६ बजे जावलाखेलबाट फर्कने गरी कार्यक्रम तय भएको बताइएको छ ।

ललितपुर महानगरपालिकाले ईतिटोलबाट रथ तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्याइने दिन वर्षेनी सात गाउँले जात्राका गुठीयारहरूलाई रथ तान्न निम्तो पठाउने परम्परा छ । जसअनुसार चन्द्रागिरि नगरका र कीर्तिपुर नगरका गुठीयारहरू बुधबार ललितपुर जान लागेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ