थाहा गोल्डकप फुटबल प्रतियोगिता आजबाट, कुर्द्धनसहित ७ टोलीको सहभागिता

Thankot Times

थानकोट ।

मकवानपुरको थाहा नगरपालिकामा बुधबारदेखि छैठौं थाहा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

थाहा नगरपालिकाको ईन्द्रायणी माई चौरस्थित खेलकुद मैदानमा संचालन हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्लबका उपाध्यक्ष कुमार रायमाझीले बताए ।

थाहा नगरपालिकाको आर्थिक सहयोगमा शिखर क्लब शिखरकोटको व्यवस्थापनमा संचालन हुने उक्त प्रतियोगितामा ७ वटा टिम सहभागी भएका छन् ।

६ टीम थाहा नगरपालिकाभित्रकै छन् ।

एउटा टोली चन्द्रागिरि नगरपालिकाको रहेको छ ।

असार ६ सम्म संचालन हुने उक्त प्रतियोगिताका विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छन्।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले १२ हजार ५ सय र उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर र  हाइस्कोर खेलाडी जनही ६ हजार २५० रुपैयाँ पाउने छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *