रास्वपा केन्द्रीय समिति बैठक भरतपुरमा बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा आह्वान भएको छ ।

महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो १ बजे  भरतपुरको होटेल एमटीमा बस्न लागेको हो ।

बैठकमा महाधिवेशनलगायतका एजेन्डामा छलफल हुनेछ ।

बैठकमा राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि, प्रतिवेदन, विधान संशोधन प्रमुख एजेन्डा रहेको बताइएको छ ।

भोलिदेखि रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *