काभा पुरुष भलिबल च्याम्पियनसिप: आज नेपालले कजाकस्तानसँग खेल्दै

Thankot Times

थानकोट ।

पाकिस्तानमा आजदेखि काभा पुरुष भलिबल च्याम्पियनसिप शुरु हुँदैछ ।

नेपालले उद्घाटन खेलमा कजाकस्तानसँग खेल्दैछ । यो खेल बिहान १० बजे शुरु हुनेछ ।

यही साउन १३ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, कजाकस्तान, उज्वेकिस्तान, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहेको सेन्ट्रल एसियन भलिबल एसोसियसनले जनाएको छ । राउन्ड रोविन लिगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा १२ सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ ।

टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर र विनोदबहादुर चन्द रहेका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्ट रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *