सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा पाँच हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि घटेको छ ।

चाँदी तोलामा १५५ रुपैयाँ घटको हो ।

आज चाँदी तीन हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ