काभा पुरुष भलिबल च्याम्पियनसिप: नेपालले आज पाकिस्तानको सामना गर्दै

Thankot Times

थानकोट ।

इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार (आज) घरेलु टोली पाकिस्तानको सामना गर्दै छ ।

खेल इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्टस कम्प्लेक्समा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

लगातार दुई खेल जितेर ६ अंक जोडेको पाकिस्तान शीर्ष स्थानमा छ ।

सुरुआती दुई खेलमा पराजित नेपाल दुई अंकसहित छैटौँ स्थानमा छ ।

नेपाल पहिलो खेलमा काजकिस्तान तथा दोस्रो खेलमा श्रीलंकासँग समान ३–२ को सेटमा पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा पाकिस्तानलाई सोझो सेटमा हराएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ