विद्यार्थी र अभिभावकहरूका लागि ब्राइट फ्युचर स्कुलमा मनोपरामर्श शिविर सञ्चालन हुँदै

Thankot Times

थानकोट ।

नैकापस्थित ब्राइट फ्युचर माविले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि र उनीहरूका अभिभावक एवं संरक्षकहरूका लागि लक्षित गर्दै मनोपरामर्श शिविर सञ्चालन गर्ने भएको छ ।

भोलि (साउन ०९ गते) शनिबार बिहान ९ बजेबाट सुरु हुने सो शिविर दिउँसो २ः४५ बजेसम्म जारी रहने विद्यालयद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
ब्राइट फ्युचर मावि र सम्भाव्य ग्रुपको संयुक्त आयोजनामा उक्त विद्यालयको कक्षा ५ देखि १० सम्मका विद्यार्थी तथा अभिभावकहरूका लागि विद्यालयीय स्वास्थ्य तथा व्यवहारिक स्वास्थ्य शिविर हुन लागेको विद्यालयका प्रधानाध्यापक दयाराम थापाले जानकारी दिए ।
सो शिविर विद्यार्थीहरूको शारीरिक, मानसिक, भावनात्मक तथा व्यवहारिक स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुने प्रधानाध्यापक थापाको भनाइ छ ।

शिविरमा विभिन्न स्वास्थ्य तथा मनोपरामर्शसम्बन्धी सेवाहरू उपलब्ध हुने बताइएको छ ।

सो क्रममा अभिभावकहरूले पनि विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गरी आफ्ना बालबालिकाको समग्र विकास तथा स्वास्थ्य सम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सक्ने विद्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ