सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य केही बढेको छ ।

शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० र चाँदी ६० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४१० निर्धारण भएको छ ।

शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३५० निर्धारण भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ