सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सोमबार सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार भने सुनको मूल्य तोलामा दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ४ हजार ४४५ कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार भने चाँदी तोलामा चार हजार ४१० रुपैयाँमा कायम भएको थियो ।










