प्रस्तावित निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ आज हुँदै

Thankot Times

थानकोट ।

सरकारले निर्वाचन आयोगमा प्रस्ताव गरेका दुई आयुक्तको आज संसदीय सुनुवाइ हुँदैछ।

प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की, प्रस्तावित आयुक्तद्वय गुरुप्रसाद वाग्ले र राजीब सुब्बाको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

संवैधानिक परिषद्को गत असार १९ को बैठकले कार्कीलाई प्रमुख आयुक्त, वाग्ले र सुब्बालाई आयुक्तमा नियुक्ति सिफारिस गरेको हो।

संसदीय सुनुवाइ समितिबाट सुनुवाइ सम्पन्न भएपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

उनीहरूले आ-आफ्ना कार्ययोजना पेस गरिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ