प्रधानमन्त्री बालेन्द्र शाहलाई आयो भारत भ्रमणको निम्तो

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई भारत भ्रमणको निम्तो आएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निम्तो दिइएको जानकारी दिएका छन् ।

भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रवक्ता जैसवालले नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो पठाइएको बताए ।

‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको छ’, उनले भने । नेपालले भने यसबारे कुनै जानकारी नदिए पनि उपयुक्त समयमा भ्रमण हुने अधिकारीहरूले बताउँदै आएका छन् ।

सरकार बनेको पाँच महिना पुग्न लाग्दासम्म प्रधानमन्त्री शाहले कुनै देशको पनि भ्रमण गरेका छैनन् । भारतको भ्रमण गर्ने चर्चा परराष्ट्रमन्त्री शिशिर खनाल तीन महिनाअगाडि मौरिसस जाँदै चर्चा भएको थियो । मौरिससमा भएको भारतीय समकक्षी एस जयशंकरसँगको कुराकानीमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो आएको बताइएको थियो ।

तर, निम्तो आएको सय दिन कट्दा पनि शाहको भारत भ्रमण भएको छैन । प्रधानमन्त्री शाहको भारत भ्रमण नभएता पनि सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भने भारत भ्रमण भइसकेको छ ।

लामिछानेले गत जेठ १८ गतेबाट पाँच दिने भारत भ्रमणमा गएका थिए । उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि परराष्ट्रमन्त्री जयशंकरसम्मले भेटेका थिए । यसअगाडिका भ्रमणमा भन्दा पृथक देखिनेगरी भारतका गृहमन्त्री अमित शाहसँग पनि लामिछानेको भेट भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ