सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बुधबार सुन तोलामा एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, सुनकाे मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको हो ।
मंगलबार तोलामा दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेर चार हजार ३२० पुगेको छ ।
मंगलबार चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।











