नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
थानकोट ।
नेपाली बजारमा बिहीबार (साउन १४) सुनको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८४ हजार रुपैयाँ कायम छ ।
बुधबार (साउन १३) छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँ खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।











