नेपाली बजारमा सुनको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ ले बढेर चार हजार ५७० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।










