‘जय नेपाल पार्टी’को केन्द्रीय कार्यसमितिको प्रथम बैठक आज बस्दै

Thankot Times

थानकोट ।

धवलशमशेर राणा नेतृत्वको ‘जय नेपाल पार्टी’को केन्द्रीय कार्यसमितिको प्रथम बैठक बिहीबार बस्ने भएको छ ।

राणाले आज बिहान ११ बजे सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा केन्द्रीय कार्यसमितिको पहिलो बैठक बोलाएका हुन् ।

राणाले शुक्रबार दलबलसहित निर्वाचन आयोग पुगेर ‘जय नेपाल पार्टी’ दर्ता गराएका थिए । ७९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने गरी दर्ता गरिएको पार्टीको चुनाव चिह्न त्रिभुज रहेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पार्टी गठनका विषयमा सहमति जुट्न नसकेपछि राणाले एक्लै पार्टी दर्ता गराएको बताइएको छ ।

बैठकमा पार्टीको आगामी रणनीति तथा सांगठनिक गतिविधिका विषयमा छलफल हुने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ