नेपालमा सुनको मूल्य बढ्याे
थानकोट ।
स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य प्रतितोला नौ हजार ३ सय र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
असली चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला तीन लाख चार हजार १ सय र असली चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।











