गोल्डेन फ्लावर माविद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ३ हजार सहयोग
थानकोट ।
नैकापस्थित गोल्डेन फ्लावर माविले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ३ हजार रुपैयाँ सहयोग गरेको छ ।
रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोशी नदी तथा त्रिशुली नदीमा भदाै १० गतेको बाढीबाट प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत र पुनःर्स्थापनाका लागि सो रकम सहयोग गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन, शिक्षक, विद्यार्थी र अभिभावकहरूको तर्फबाट उक्त सहयोग रकम जुटाइएको विद्यालयले जनाएको छ ।
विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० हजार रुपैयाँ सहयोग गरेको छ भने प्याब्सन काठमाडाैं कल्याणकारी कोषमार्फत बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि ८३००० रुपैयाँ सहयोग गरेको हो ।










