सुनचाँदीको भाउ बढ्यो
थानकोट ।
कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ १ हजार २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अस्ति शुक्रबार सुन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै,आज चाँदीको भाउ ६० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।
अस्ति चाँदी तोलामा २५५ रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँ थियो ।










