प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै आवश्यक निर्णय गरिने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।

ब‌ैठकमा राजदूत नियुक्तिको विषयमा छलफल र सिफारिस पनि हुने सम्भावना रहेको जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *