नेपाली बजारमा सुनको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सुनको मूल्य १० ग्रामको २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ ।
सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो ।
चाँदीको मूल्य १० ग्रामको ३ हजार ९६१ रुपैयाँ कायम भएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ