प्रधानमन्त्री बालेन र जेनजी सांसदहरुबीच अन्तरक्रिया सुरु

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन शाह र जेनजी उमेर समूहका सांसदहरूबीच अन्तरक्रिया सुरू भएको छ ।

प्रधानमन्त्री शाहले जेनजी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरू गरेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको छ ।

छलफलमा मुख्य गरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयहरू समावेश रहेका छन्। बैठकमा यी विविध विषयहरूमा गहन विचार विमर्श भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *