नेपाली काँग्रेस चन्द्रागिरि नगर सभापतिमा प्रकाश श्रेष्ठ, सचिवमा दिनेश महर्जन निर्वाचित
थानकोट ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चन्द्रागिरि नगर कार्यसमितिको सभापतिमा बलम्बुका प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।
बिहीबार राति सम्पन्न सो पार्टीको नगरअधिवेशनले सभापति पदमा श्रेष्ठलाई निर्वाचित गरेको हो ।
सर्वसम्मत प्रयास विफल भएपछि निर्वाचनमा होमिएको महाधिवेशनमा कुल खसेको मत ३५२ मध्ये श्रेष्ठको पक्षमा १५२ मत परेको थियो ।
सभापति पदका अर्का उमेदवार कृष्णप्रसाद शाही खड्गीले ९२, राजेन्द्र महर्जनले २८, रमेश सुवेदीले १४ र रामेश्वर श्रेष्ठले ७ मत प्राप्त गरे ।
नगर कार्यसमितिको महिला उपसभापति पदमा शान्ता बस्नेत निर्वाचित भइन् । उनी १२२ मतसहित निर्वाचित भएकी हुन् । यस पदमा सुनिता रोक्काले ९८, उमा कुमारी थापाले ६० मत प्राप्त गरिन् ।
खुला उपसभापतिमा पुरुषोत्तम उदास १६३ मतसहित निर्वाचित हुँदा विमला पोखरेलले १०९ मत प्राप्त गरिन् ।
सचिव पदमा दिनेश महर्जन २२१ मतसहित निर्वाचित भए सचिव पदमा जीवनकुमार गिरीले ६५ मत प्राप्त गरे । १९१ मत पाउँदै निक्सन महर्जनले सहसचिवको पदको चुनाव जिते ।
चन्द्रागिरि नगर नेपाली काँग्रेसका सभापति तथा मेयर घनश्याम गिरीले १० वर्ष सो पार्टीको सभापतिको कार्यकाल पूरा गरेपछि बिहीबार नयाँ कार्यसमिति चयन भएको हो ।














