वाडभञ्ज्याङमा एक पुरुष मृत भेटिए, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

देशका छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा प्रहरीले फेला पारेको छ ।

काठमाडौं, नवलपरासी र सुर्खेतमा ती मृतक फेला परेका हुन् ।

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङस्थित परियारटोल बस्ने रोल्पा माडी गाउँपालिका-२ घर भएका ३० वर्षीय ओम प्रकाश घर्ती मगर आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ त्रिवेणी टोल बस्ने दैलेख भैरवी गाउँपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण अधिकारी सोही नगरपालिका-३ त्रिवेणी टोलस्थित नालामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पूर्व, देवचुली नगरपालिका-१२ गैडी बस्ने ६७ वर्षीय दिल बहादुर पुलामी मगर सोही नगरपालिका-११ पृथ्वीनगरस्थित कुलोको कल्भर्टमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *