आजको माैसम पूर्वानुमानः हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा

Thankot Times

थानकोट ।

देशका हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

तराईका अधिकांश भू–भागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ । तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

यस्तै, राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ