नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: रोमाञ्चक खेलमा जनकपुरविरुद्ध विराटनगर दुई रनले विजयी
थानकोट ।
नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले २ रनको रोमाञ्चक जित निकालेको छ ।
अन्तिम बलमा जितका लागि ३ रन चाहिएको अवस्थामा आन्द्रे रसेलले विकेट लिँदै विराटनगरलाई रोमाञ्चक जित दिलाएका हुन् ।
टीयू मैदानमा १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स सात विकेटको क्षतिमा १ सय ७२ रनमा रोकियो ।











