नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: लुम्बिनीले पोखरालाई ८ विकेटले हरायो
थानकोट ।
एनपीएलअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध सहज जित निकाल्दै लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार टीयू मैदानमा भएको खेलमा लुम्बिनीले पोखरालाई आठ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो ।
यो जितसँगै लुम्बिनी पाँच अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । जारी संस्करणमा अहिलेसम्म लुम्बिनी लायन्स अपराजित छ ।
उसले तीन खेलमध्ये दुईमा जित र एउटा खेलमा वर्षाका कारण अंक बाँडेको छ । पोखराले भने लगातार तेस्रो हार व्यहोरेको छ ।
जारी सिजनमा पोखरा अहिलेसम्म जितविहीन बनेको छ ।











