नेपाली बजारमा सुन-चाँदीको मूल्यमा आज पनि गिरावट
थानकोट ।
नेपाली बजारमा सुन-चाँदीको मूल्यमा आज पनि गिरावट आएको छ।
सोमबार सुनको मूल्य १ हजार १०० र चाँदी ८० रुपैयाँले घटेको हो।
अघिल्लो दिन आइतबार सुनको मूल्य १ हजार ५०० र चाँदीको मुल्य १०० रुपैयाँले घटेको थियो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक तोला सुनको मूल्य २ लाख ६९ हजार १०० कायम भएको छ।
आइतबार सोही परिमाणको सुन २ लाख ७० हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
महासंघका अनुसार आज चाँदी प्रतितोलाको ३ हजार ५२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
सोमबार १५५ रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य ३ हजार ६०० रुपैयाँ कायम भएको थियो।










