मंसिर महिनाको १ गते नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले घटेर  २ लाख ६७ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन तोलामा २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ  ।

आज चाँदी तोलामा ३० रुपैयाँले घटेर आज ३ हजार ४९० सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला ३ हजार ५२० सय रुपैयाँमा कारोबार भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ