नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: इलिमिनेटर खेलमा आज काठमान्डु र चितवनबीच खेल हुँदै

Thankot Times

थानकोट ।

जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेल आज हुँदै छ ।

काठमान्डु गोर्खाज र चितवन राइनोजबीच आज इलिमिनेटर खेल हुन लागेको हो । यो खेल साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

काठमान्डु अंक तालिकामा तेस्रो तथा चितवन चौथो भएर इलिमिनेटर खेल्न लागेका हुन् ।

आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग क्वालिफायर खेल्नुपर्नेछ ।

एनपीएलको फानइलमा लुम्बिनीले स्थान पक्का गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ