नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै
थानकोट ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्यमा गिरावटको असर नेपाली बजारमा पनि परेको छ ।
केही दिनयता निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज थप ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँमा झरेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँमा झरेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।










