त्रिविद्वारा एमबीएस र एमपीए कार्यक्रममा शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत सञ्चालित सेमेस्टर प्रणालीमा आधारित मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) तथा मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए)कार्यक्रममा शैक्षिक सत्र २०८३ का लागि भर्ना प्रक्रिया सुरु भएको छ।

व्यवस्थापन संकाय, डीनको कार्यालय, कीर्तिपुरले आज एक सूचना जारी गर्दै भर्ना वर्ष २०८३ का लागि एमबीएस र एमपीए कार्यक्रम सञ्चालन भएका सम्पूर्ण क्याम्पस तथा कलेजहरूमा विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिएको हो।

इच्छुक विद्यार्थीहरूले प्रवेश परीक्षाका लागि आवेदन फाराम मंसिर ७ गतेदेखि पुस २१ गतेसम्म भर्न सक्नेछन् । प्रवेश परीक्षा पुस २५ गते शनिबार बिहान ८ बजे सञ्चालन हुनेछ भने कक्षा माघ १८ गते सोमबारदेखि सुरु हुनेछन्।

प्रवेश परीक्षामा ‘भर्बल एबिलिटी’, ‘क्वान्टिटेटिभ एबिलिटी’ तथा ‘बिजनेस एन्ड इकोनोमिक्स’ वा ‘जनरल अवेयरनेस’ विधाबाट २५/२५ वटा बहुवैकल्पिक वस्तुगत प्रश्नहरू सोधिनेछ। स्नातक तहको परीक्षामा सामेल भई नतिजा पर्खेर बसेका परीक्षार्थीहरूले समेत यस प्रवेश परीक्षामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। यद्यपि, प्रवेश परीक्षा उत्तीर्ण भएर क्याम्पसमा भर्ना हुने समयमा भने स्नातक तह उत्तीर्ण गरेको लब्धांक पत्र (ट्रान्सक्रिप्ट)अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *