डाेटीमा शक्तिशाली भूकम्प: कम्तीमा ६ जनाकाे मृत्यु

Thankot Times

थानकोट ।

पश्चिम नेपालकाे डाेटी जिल्लामा मंगलबार राति र बुधबार बिहान गएका शक्तिशाली भूकम्पमा परि कम्तीमा ६ जनाको मृत्युु भएकाे छ ।

भूकम्पले घर भत्किएपछि च्यापिएर उनीहरुको ज्यान गएकाे हाे ।

घर भत्कँदा च्यापिएर ८ जना घाइते भएका छन् । क्षतिकाे विवरण संकलन जारी रहेकाे प्रहरीले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर मंगलबार बेलुकी ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै बुधबाबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *