दहचोकमा आउँदो शनिबार ५.५ किलोमिटर दाैड प्रतियोगिता आयोजना हुने
थानकोट ।
कार्तिक २६ गते शनिबार दहचोक म्याराथन आयोजना हुने भएको छ ।
चन्द्रागिरि ईनोभेटिभ ग्रुपको आयोजना चन्द्रगिरि नगरपालिका-१ इन्द्रस्थानमा परिवर्तनका लागि दौड भन्ने नाराका साथ प्रतियोगिताको आयोजना हुन लागेको हो ।
प्रतियोगितमा महिला र पुरुष दुवै सहभागी हुन पाउनेछन । ५.५ किलोमिटर दूरीको हुने म्याराथन बिहान ८ बजेदेखि सुरु हुनेछ।
दौड प्रतियोगितका विजेता ले नगद १५ हजार, उपविजेताले १० हजार तथा तेश्रो हुनेले ५ हजार रूपैयाँ प्राप्त गर्ने आयोजक चन्द्रागिरि ईनोभेटिभ ग्रुपले जनाएको छ ।












