पत्रकार सरोजराज अधिकारी मृत भेटिए
थानकोट ।
पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् ।
काठमाडौंको सुन्धारास्थित एक होटलमा बुधबार अधिकारी मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार सुन्धारामा रहेको सिद्धार्थ होटलमा अधिकारी मृत फेला परेका हुन् । होटलको ५०२ नम्बर कोठामा उनी मृत भेटिएका हुन् ।
होटलभित्र झुण्डिएको अवस्थामा अधिकारीको शव फेला परेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।
उनी तीन दिनदेखि होटलमा बस्न पुगेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अधिकारीका चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, जासुसीको जालो, रुपबजारकी नोरा पुस्तक प्रकाशित छन् ।
शिलापत्रबाट














